सशस्त्र प्रहरीद्वारा मोडर्न प्रिपेरेटोरी स्कुलका विद्यार्थीलाई विपद् जोखिम न्यूनीकरण तालिम

Published on: December 14, 2023

इटहरी । सशस्त्र प्रहरी बल पकलीद्वारा इटहरीको मोर्डन प्रिपिरेटोरी स्कुलका विद्यार्थीहरूलाई विपद् जोखिम न्यूनीकरणका लागि प्रशिक्षण दिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीद्वारा इटहरीको मोडर्न प्रिपिरेटोरी सेकेण्डरी विद्यालयका विद्यार्थीहरूलाई विपद् जोखिम न्यूनीकरण तालिम सञ्चालन गरेको हो ।

प्राकृतिक प्रकोपको समयमा र प्रकोपपछि आउन सक्ने परिस्थितिलाई उचित व्यवस्थापन गर्न पूर्व तयारी तथा आधारभूत सीपहरूको विकास सबैमा हुनु आवश्यक रहेकोले यसबारे विद्यार्थीलाई जानकारी हुनुपर्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका एसएसपी रबिनराज कर्णजितले बताए ।

एसएसपी कर्णजितले भने, “विद्यालय तहबाटै बिद्यार्थीहरुले विपद् जोखिम न्यूनीकरणका सैद्धान्तिक सँगै व्यवहारिक ज्ञान जान्न आवश्यक छ । यस्ता प्रशिक्षणले अप्ठ्यारो अवस्थामा आफू कसरी बच्ने र अप्ठ्यारो परिस्थितको सामना कसरी गर्ने भन्ने बारेमा सिकाउँछ ।”

सशस्त्र प्रहरी बलले १ नम्बर प्रदेश करिब १ सय ७५ बढी विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रम गरिसकेको सशस्त्र प्रहरी बल पकलीका वरिष्ठ उपरीक्षक कर्णजीतको जानकारी दिए ।

विपद् व्यवस्थापन कार्यमा विपद्पछि उद्धारको कार्य गरिनु मात्र नभई विपद् अघिनै यसबाट जोगिनको लागि  जनचेतनामा अभिवृद्धि गर्न ‘विपद् न्यूनीकरण कार्यक्रम’को जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका निरीक्षक कटुवालले बताए । Click here to read full news